साफ वुमन्स च्याम्पियनसिप : तयारी अन्तिम चरणमा
काठमाडौँ । बिहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।
कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक पटक हुन लागेको हो ।
नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौँमा साफको आयोजना गरेको थियो । प्रतियोगिताका लागि सबै टोली काठमाडौँ आइसकेका छन् ।
च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ‘ए’मा रहेका भारत र पाकिस्तानबिच हुनेछ ।
समूह ‘बी’मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको अघिल्लो दिन आयोजित प्रि–म्याच कन्फेरेन्समा सहभागी सातवटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए ।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताए ।
एन्जिला तुम्बापोको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिएको थियो ।
उद्घाटन खेल कात्तिक १ गते साबिक विजेता बंगलादेश र पाकिस्तानबिच पनि हुनेछ । समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् ।
समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौँ संस्करणमा १२ खेल हुनेछन् ।
कात्तिक १४ गतेसम्म हुने च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ ।
नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण