प्रहरीसम्बन्धी कानुन निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री लेखक
बुधबार, ३० असोज २०८१, १७ : ३३
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन गरेर नयाँ कानुन बनाउने कामलाई प्राथमिकता दिएको बताएका छन् । बुधवार ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले दुवै प्रहरी सङ्गठनका लागि आवश्यक कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको बताएका हुन् ।
‘म यहाँहरूलाई विश्वास दिलाउन सक्छु, सङ्घीय संसद्को आगामी अधिवेशनबाट यी दुवै सुरक्षा फौजका निमित्त नयाँ कानुन निर्माण गरेर समसामयिक कानुन प्रचलनमा ल्याइनेछ’, मन्त्री लेखकको भनाइ छ । उक्त कानुन प्रचलन आएपछि हित, वृत्ति विकास हुने मन्त्री लेखकको विश्वास छ । उनले आगामी दिनमा सुरक्षा सङ्गठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण