एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङले जग्गा दान दिनु भ्रष्टाचारजन्य अपराध भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
‘सत्य र न्यायाको खोजी अभियानको तर्फबाट अधिवक्ता ज्ञान बहादुर बस्नेतलगायतले बिहीबार रिट निवेदन पेस गरेका हुन् ।
गुरुङ दम्पतीले काठमाडौँको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा एमाले पार्टी कार्यालयको लागि अर्बौँ जमिन दान गरेर असोज २५ गते प्रधानमन्त्री केपी ओलीले भवनको शिलान्यास समेत गरिसकेको कार्यलाई ‘गम्भीर भ्रष्टाचारजन्य अपराध, राज्यसत्ताको भयानक दुरुपयोग र नैतिक र कानुनी अपचलन’ भएको भन्दै जग्गा लेनदेन (दान) कार्यान्वयन नगर्न –नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।
तर, सर्वोच्च अदालत प्रशासनले उक्त रिट अध्ययन सकेसँगै दर्ता नगर्ने तयारी गरेको छ । सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले रिट निवेदनको प्रक्रिया नपुगेको र सरोकारवाला पनि नदेखिएकाले दरपिठको आदेश गर्ने तयारी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण