विषाक्त मदिराका कारण बिहारमा कम्तीमा २४ जनाको मृत्यु
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ३६
बिहार । बिहारको सिवान र सारण जिल्लामा विषाक्त मदिराका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री नितिश कुमारले यस विषयमा भइरहेको उच्चस्तरीय छानबिनको समीक्षा गरेका छन्।
मृत्युको बारेमा जानकारी दिँदै बिहारका डीजीपी आलोक राजले भने, ‘अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको हो ।’
‘सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएका छन्। राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको छ र बिहार पुलिस कडा कारबाही गर्न तयार छ,’ उनले भने ।
डीजीपीका अनुसार घटनाको जानकारी पाएपछि बिहार पुलिस अधिकारीहरूले प्रभावित क्षेत्रको भ्रमण गरेको छ । साथै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण