बाढी पहिरो प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने विपद् व्यवस्थापन समितिको निर्णय
काठमाडौँ । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ । बिहीबार राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठक राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
असोज २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० जिल्लाका ७१ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । बाढी पहिरो प्रभावित क्षेत्रलाई तीनवटा तहमा छुट्टाइएको थियो ।
पहिलो तहका ९ वटा स्थानीय तहलाई १ करोडका दरले रकम छुट्टाइएको छ । दोस्रो तहका १२ वटा स्थानीय तहलाई ७५ लाख र तेस्रो तहका ५० वटा स्थानीय तहलाई ५० लाख रकम छुट्टाइएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य मन्त्री, सामान्य प्रशासन मन्त्री, निजी क्षेत्रका व्यक्तिहरू सहभागी थिए । विपद् तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन हेलिकप्टर, उच्च प्रविधिको उपकरणको व्यवस्थापन गर्न शुक्रवार बस्ने विपद् जोखिम न्यूनिकरणसम्बन्धी राष्ट्रिय परिषदमा सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै पश्चिम नेपालमा एक वर्षअघि गएको भूकम्पपश्चात् पुनर्निर्माणका लागि केही निर्णय भएका छन् ।
मनसुन सुरु भएदेखि अन्त्यसम्म विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिको परिवारका एक जना सदस्यलाई बिमा गर्ने सिफारिस गरेको छ । यसैगरी पहिला र अहिले भएका विपद्का घटनामा निजी क्षेत्रको संलग्नतालाई उच्च कदर गर्दै आगामी बैठकमा बोलाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण