एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक
काठमाडौँ । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् । इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्रतियोगिताको पुरुष ८० किलोमुनि तौलको फाइनलमा बराल इण्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए ।
यसअघि उनले फाइनल यात्रा तय गर्न इण्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई पराजित गरेका काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए ।
प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा बरालसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । उनीसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी चार खेलाडी पुम्सेमा सहभागी छन् । ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने ।
त्यस्तै पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण