अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल, गुमायो दुई विकेट
शुक्रबार, ०२ कात्तिक २०८१, ०६ : ३१
काठमाडौँ । अमेरिकाविरुद्ध पहिलो टी-२०आई सिरिजमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो । नेपालले अमेरिकासँग पहिलो पटक टी-२०आई खेल खेलेको हो ।
जारी खेलमा नेपालले दुई विकेट गुमाइसकेको छ । आशिफ शेख ३ बलमा २ रन र कुशल भुर्तेल १० बलमा सात रनको योगदान दिँदै आउट भएका हुन् ।
नेपालले अमेरिकामा घरेलु टोलीसँग ३ टी-२०आई खेल खेल्नेछ । ओडिआईमा ७ पटक खेलका यी दुई टोली पहिलो पटक टी–२०आईमा भिड्न लागेका हुन् । ७ ओडिआईमा नेपालले ४ खेलमा जित निकाल्दा २ खेल गुमाएको छ । एक खेल भने नतिजाविहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण