नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौँ । नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कार्तिक १० गतेदेखि विराटनगरमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको खेल तालिका पनि शुक्रबार सार्वजनिक गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेल कोशी प्रदेश र मधेश प्रदेशबिच खेलिने छ । उक्त खेल विहान ०९ः०० बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो दिन कार्तिक ११ गते दुई खेल खेलिने छ । दोस्रो दिनको खेल लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा मधेश प्रदेश र गण्डकी प्रदेशबिच खेलिने छ ।
यसैगरी, प्रतियोगिताको तेस्रो दिन कार्तिक १२ गते पनि दुई खेल खेलिने छ । तेस्रो दिनको खेल बागमती प्रदेश र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबिच हुनेछ । चौथो दिन कार्तिक १३ गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा मधेश प्रदेश र बागमती प्रदेशबिच हुनेछ ।
यसैगरी, प्रतियोगिताको पाँचौँ दिन कार्तिक १४ गते कर्णाली प्रदेश र लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश र कोशी प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको छैटौँ दिन कार्तिक १५ गते गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।
यसैगरी, प्रतियोगिताको सातौँ दिन कार्तिक १६ गते मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश तथा कोशी प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको आठौँ दिन कार्तिक १७ गते बागमती प्रदेश र कोशी प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशबिच खेल हुनेछ ।
यसैगरी, प्रतियोगिताको नवौँ दिन कार्तिक १८ गते सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको १०औँ दिन कार्तिक १९ गते कर्णाली प्रदेश र मधेश प्रदेश तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
यसैगरी, प्रतियोगिताको ११औँ दिन कार्तिक २० गते लुम्बिनी प्रदेश र मधेश प्रदेश तथा कर्णाली प्रदेश र बागमती प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको अन्तिम दिन कार्तिक २१ गते समूहगत चरणमा पहिलो हुने र दोस्रो हुने टोलीबिच फाइनल खेल खेलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण