गृहमन्त्री लेखक गएनन् संसदीय समितिमा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नो व्यस्तता बढेको बताउँदै राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अनुपस्थित भएका छन् । शुक्रवार १२ बजे सिंहदरबारमा बसेको समितिको बैठकमा बाढी पहिरो लगायतका विपत्तिबाट भएको क्षति र सरकारले विपद् व्यवस्थापनका सन्दर्भमा गरिरहेको कामका बारेमा छलफलका लागि गृहमन्त्री लेखकलाई बोलाइएको थियो ।
तर अन्तिम समयमा आएर उनले आफू निकै व्यस्त रहेको बताउँदै बैठकमा आउन नमानेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा जानकारी गराए । गृहमन्त्रीको प्रतीक्षा गर्दै बैठक केही ढिला सुरु भएको थियो ।
मन्त्री लेखकले बाढी पहिरोबाट भएको क्षति तथा विपद् व्यवस्थापनका सन्दर्भमा सो समितिमा सरकारले कामबारे जानकारी गराउनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कर्मचारीलाई पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण