दुविधामा नपर्नुस्‚ जित्नैका लागि सभापति लड्ने हो : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।
विराटनगरस्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले सो कुरा बताएका हुन् । ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरु आ(आफ्नो कार्यक्षेत्रमा खटिनोस्‚’ कोइरालाले भने ।
कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफुले भनेजति काम गर्न नसकेको समेत बताए । नेता कोइरालाले नेतृत्वमा नपुगी केहि गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।
सो क्रममा उनले २०८२ मंसिर भित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताए। समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासयी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण