अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली चाड तिहारलाई मुख्य पर्वको मान्यता
अमेरिका । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली (तिहार)लाई नेपाली समुदायको मुख्य पर्वको रूपमा मान्यता दिएको छ।
गत बिहीबार आयोजित एक कार्यक्रममा नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टीले नेपाली समुदायको महत्त्वपूर्ण पर्वलाई मान्यता दिएको एक घोषणा गरेको हो ।
गीलफर्ड काउन्टी अफ कमिसनर (आयुक्त) ब्रान्डन ग्रेका अनुसार दसैँ र तिहारमा नेपालीहरूलाई बिदा दिनको लागि माग भए बमोजिम आयुक्तहरूको बैठकमा छलफल पनि भएको तर सार्वजनिक बिदाका दिनको लागि काउन्टीले निर्णय गर्न नसक्ने हुँदा सो सम्बन्धी निर्णय गर्न नर्थ क्यारोलाइनाको राज्य संसदमा पठाउने पनि निर्णय भएको बताए ।
घोषणापत्रमा अनुसार दिवापली (तिहार) आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म मनाउने जनाएको छ । उक्त कार्यक्रममा नेप्लिज् स्टुडेन्ट एसोसियसन यूएनसिका अध्यक्ष विनीत अर्यालले नेपाली समुदायका तर्फबाट गीलफर्ड काउन्टीलाई धन्यवाद दिएका थिए ।
नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टी डेमोक्रयाट पार्टीका उपाध्यक्ष विनय अर्यालका पहलमा नेपाली विद्यार्थीहरुको सङ्गठन युएनसीजीको संयुक्त पहलमा यसको सुरुवात भएको थियो।
काउन्टीले यसरी नेपालीहरूको चाड पर्वलाई मान्यता दिनुले सबै नेपालीको जीत भएको उपाध्यक्ष बिनय अर्यालले बताए। अर्यालका अनुसार यसरी घोषणा पत्र सार्वजनिक भएपछि स्थानीय तहमा पर्व मनाउने र मनाउनका लागि केहि स्थलहरु उपलब्ध गराउने गर्दछ ।
यो निर्णयले त्यहाँ रहेका नेपाली समुदायहरू निकै उत्साहित भएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण