रवि लामिछाने कास्की प्रहरीको हिरासतमा, प्रहरी कार्यालय अगाडि जे देखियो (तस्बिरहरू)
पोखरा । शुक्रबार काठमाडौँबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा लगिएसँगै सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाइएको छ । लगत्तै उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हिरासतमा राख्नुअघि रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको थियो ।
यस्तै सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँ ठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए । यस्तै समर्थकले कास्की प्रहरी कार्यालय अगाडि समेत नाराबाजी गरेका थिए ।
सो क्रमका केही तस्बिरहरू हेर्नुहोस्:
_SS2uRLXl3A.jpg)
_Aw0hC9Dq2M.jpg)
_EfrIsQPggR.jpg)
_1MSM0pZ6ja.jpg)
_44ra9fT4Dd.jpg)
_MKSD50wQXT.jpg)
_3Wq0Bnn1Ki.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण