एकीकृत पार्टीको हेडक्वार्टर नौ सदस्यीय, को–को पर्लान् ?
काठमाडौं– एमाले–माओवादी एकतापछि बन्ने नयाँ पार्टीको सचिवालय नौ सदस्यीय हुने भएको छ ।
पार्टी एकताको अन्तिम गृहकार्यमा लागेका एमाले माओवादी पार्टी एकता संयोजन समितिको बिहीबार बसेको अन्तिम बैठकले नयाँ पार्टीको सचिवालय सदस्य संख्या नौ जनाको हुने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले आजै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र दुवै पार्टीको संयुक्त बैठक आजै बालुवाटारमा बस्ने निर्णय गरेको एमाले नेता इश्वर पोखरेलले बैठकपछि जानकारी दिए ।
को–को पर्छन् सचिवालयमा ?
एकीकृत पार्टीको शक्तिशाली र हेडक्वार्टर मानिने सचिवालय सदस्यमा एमालेबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र ईश्वर पोखरेल रहने अधिक सम्भावना छ भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायाणकाजी श्रेष्ठ, नेता रामबहादुर थापा बादल रहने लगभग निश्चित भएपनि अर्का एकजनाको भने नाम टुङगो लागिनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण