जुवा खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ
आइतबार, ०४ कात्तिक २०८१, १० : ३९
काठमाडौँ । प्रहरीले भक्तपुरमा सञ्चालित जुवा खालमा छापा मारेर ५ जनालाई पक्राउ गरेको छ । सुर्यबिनायक नगरपालिका–८ बाट प्याचा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
काठको गट्टा बनाएर हारजित हुनेगरी प्याचा खेल्ने गरिन्छ । जुवा खालबाट प्रहरीले ३ लाख ५६ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका निदेश दाहाल, भक्तपुरको मध्यपुर थिमी बस्ने शिवराम श्रेष्ठ, राजु नकर्मी, उमेश श्रेष्ठ र पदम श्रेष्ठ छन् ।
आरोपीहरुले सुर्यबिनायकको गणेश मन्दिर नजिकै प्याचा खेलेका हुन् । आरोपीहरु बिरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण