भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास
आइतबार, ०४ कात्तिक २०८१, १४ : ४१

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी नदीको किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास गरेका छन् । उनले आइतबार एक कार्यक्रमका बिच सुर्खेतको गुर्भाकोट नगपालिका–१२, शुभाघाट भेरीगंगा उपत्यकामा बन्ने आधुनिक सहर आयोजनाको भवनको शिलान्यास गरेका हुन् ।
खड्काले शिलान्यास पश्चात् भेरीगंगामा आधुनिक सहरले पूर्ण आकार लिन अझै २५ वर्ष लाग्ने बताए ।
करिब २२ अर्ब लागत लाग्ने अनुमान गरिएको आधुनिक नयाँ सहर आयोजना नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये सबैभन्दा ठुलो भूगोल छ ।
खड्काले विभिन्न कारणले मुलुकको अर्थतन्त्र दयनीय रहेको बताउँदै ऋणपत्र जारी गरेर मुलुक चलाउनु परेको बताए । जसका कारण विकासका काममा केही समस्या भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार