भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास
आइतबार, ०४ कात्तिक २०८१, १४ : ४१
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी नदीको किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास गरेका छन् । उनले आइतबार एक कार्यक्रमका बिच सुर्खेतको गुर्भाकोट नगपालिका–१२, शुभाघाट भेरीगंगा उपत्यकामा बन्ने आधुनिक सहर आयोजनाको भवनको शिलान्यास गरेका हुन् ।
खड्काले शिलान्यास पश्चात् भेरीगंगामा आधुनिक सहरले पूर्ण आकार लिन अझै २५ वर्ष लाग्ने बताए ।
करिब २२ अर्ब लागत लाग्ने अनुमान गरिएको आधुनिक नयाँ सहर आयोजना नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये सबैभन्दा ठुलो भूगोल छ ।
खड्काले विभिन्न कारणले मुलुकको अर्थतन्त्र दयनीय रहेको बताउँदै ऋणपत्र जारी गरेर मुलुक चलाउनु परेको बताए । जसका कारण विकासका काममा केही समस्या भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण