फिफा क्लब विश्वकपमा छानियो मेस्सी आबद्ध क्लब इन्टर मियामी
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले फिफा क्लब विश्वकपको आगामी संस्करणमा सहभागिता जनाउने भएको छ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि यही अमेरिकी क्लबमा आबद्ध छन् ।
फिफा क्लब विश्वकपको आगामी संस्करण सन् २०२५ को जुन १५ देखि जुलाई १३ तारिखसम्म अमेरिकामै आयोजना हुँदैछ । यसपटक प्रतियोगितामा सहभागी टोलीको सँख्या पनि थप गरिएको छ । क्लब विश्वकपको आगामी संस्करणमा ३२ टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा युरोपबाट १२ र दक्षिण अमेरिकाबाट ६ टोली सहभागी हुनेछन् । एसिया, अफ्रिका र उत्तर अमेरिकाबाट कुल १२ टोलीको सहभागिता रहने छ । यसका अतिरिक्त ओसेनिया क्षेत्रबाट एक र आयोजक अमेरिकाबाट एक टोलीको सहभागिता रहने बताइएको छ ।
इन्टर मियामी आयोजक राष्ट्र अमेरिकाको तर्फबाट क्लब विश्वकपमा छनोट भएको हो । एमएलएस सपोटर्स शिल्डको उपाधि जितेपछि इन्टर मियामीलाई क्लब विश्वकपका लागि छनोट गरिएको समाचारमा जनाइएको छ ।
इन्टर मियामीका मालिकमध्ये इङ्ल्यान्डका पूर्वखेलाडी डेभिड बेकह्याम पनि एक हुन् । न्यु इङ्ल्यान्ड रिभोलुसनमाथि ६–२ गोलको सानदार जित हासिल गरेपछि इन्टर मियामीले फिफा क्लब विश्वकप खेल्ने अवसर पाएको हो । उक्त खेलमा मेस्सीले ह्याट्रिक गरेका थिए ।
उक्त खेलसँगै इन्टर मियामीले एमएलएसमा एकै सिजनमा सबैभन्दा धेरै अंकको कीर्तिमान पनि बनाएको थियो । जारी सिजनको एमएलएसमा इन्टर मियामीको ७४ अंक पुगेको छ । यो सिजन इन्टर मियामीले एमएलएसमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
जारी सिजनको एमएलएसमा इन्टर मियामीले हालसम्म खेलेको ३४ मध्ये २२ खेलमा जित, आठ खेलमा बराबरी र केवल चार खेलमा हारको नतिजा निकालेको छ । यसअघि सन् २०२१ मा दि रेभोलुसनले ७३ अंकको कीर्तिमान बनाएको थियो ।
‘इन्टर मियामीले आफूलाई अमेरिकी क्लबहरुमध्ये सबैभन्दा उत्कृष्ट क्लबको रुपमा प्रस्तुत गरेको छ,’ फिफाका अध्यक्ष जियानी इनफान्टिनोले भनेका छन्, ‘त्यसैले इन्टर मियामी आगामी क्लब विश्वकपको अभिन्न अंग भएको बताउन पाउँदा मलाई निकै खुसी लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण