गायक दिलजीत दोसांझले बनाए कीर्तिमान
मुम्बई । पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझले कीर्तिमान बनाएका छन् । ‘बिलबोर्ड क्यानडा’को कभरमा देखिने पहिलो भारतीय कलाकार बनेर उनले कीर्तिमान बनाएका हुन् । पत्रिकाको पहिलो प्रिन्ट संस्करणमा दिलजीतको दिल–लुमिनाटी भ्रमणको विशेष सामग्री समावेश हुनेछ ।
शनिबार म्यागजिन बिलबोर्ड क्यानाडाको आधिकारिक इन्स्टाग्राम मार्फत यो समाचार बाहिर ल्याइएको हो । इन्स्टाग्राम लेखिएको छ, ‘बिलबोर्डको विशेष संस्करणमा कभर–टू–कभर देखिने पहिलो भारतीय कलाकारको रूपमा दिलजीत दोसांझले विश्वब्यापी इतिहास रच्नेछन् । यो प्रतिष्ठित प्रकाशनका लागि अविस्मरणीय पल हो ।’
विशेष संस्करणमा ‘दिल लुमिनाटी’ भ्रमणका तस्बिर, अन्तर्वार्ता र पर्दा पछाडिका कथाहरू राखिने समेत उल्लेख गरिएको छ ।
म्यागजिनको कभर दिलजीतको लण्डन संगीत कार्यक्रममा लन्च गरिएको छ । ‘बिलबोर्ड क्यानडा’को कभरमा दिलजीतको समाचार बाहिर आएपछि उनका फ्यानले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण