हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड दुई तर्फी सञ्चालनमा
हेटौँडा । तीन दिनका लागी बन्द गरिएको हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सिमखोलामा सडक मर्मत गरेसँगै सवारी आवागमन दुईतर्फी खुला गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार इन्द्रसरोवर २ स्थित सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्न काम सकिएपछि उक्त सडक खण्ड दुईतर्फी खोलिएको हो ।
यसअघि उक्त सडक खण्डा भएर हेटौँडाबाट–काठमाडौँ जाने सवारी साधनलाई रोक लगाइएको थियो भने काठमाडौँबाट–हेटौँडा आउने सवारी साधनलाई सञ्चालन अनुमति दिइएको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्ने प्रयोजनका लागि बन्द गरिएको सडक खण्ड काम सकिएपछि खोलिएको जानकारी दिए । उनले सिमखोलामा निर्माण गरिएको डाइभर्सनमा थप अर्को ट्रयाक खोलेसँगै सवारीसाधन आवतजावतमा सहज हुने बताए ।
चाडपर्वमा उक्त मार्ग भएर गुड्ने सवारीको चाप धान्न कठिन भएपछि जिल्ला प्रशासन कार्यालयको विशेष अनुरोधमा प्रदेश सरकार र सडक डिभिजन कार्यालयले सिमखोलामा ह्युमपाइप राखेर थप अर्को ट्रयाक खोलेको हो ।
हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी सडक खण्ड एकतर्फी सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा सवारीसाधनको चाप बढेको थियो । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडाबाट–काठमाडौँ जोड्न सबै मार्ग सञ्चालनमा आएकाले अब यात्रामा सहजता हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण