सेयर बजार
५८ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सोमबार, ०५ कात्तिक २०८१, १५ : १९
काठमाडौँ । सोमबार सेयर बजार (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । ५८ अंकले बजार घट्दा परिसूचक २६४० बिन्दुमा ओर्लिएको छ ।
सोमबार कारोबार रकममा पनि ठुलो गिरावट आएको छ । समग्रमा १ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ४७ अंकले बजार घट्दा पनि ८ अर्ब १८ करोडको कारोकार भएको थियो ।
सोमबार २२१ कम्पनीको मूल्य घट्दा २३ कम्पनीको मात्रै मूल्य बढेको छ । विन नेपाल लघुवित्त र कर्पोरेट डेभलप्मेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो । कारोबार रकमका हिसाबले सोमबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा छ । यसको २२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण