‘मीनबहादुरले जस्तै अन्य सेठ साहुले पनि चन्दा खुलेआम दिन सक्नुपर्छ’
काठमाडौँ । व्यापारी मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गादानको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले गुरुङको दान एमालेले स्वीकार गरेको भनेर आलोचना गरिरहँदा केहीले चाहिँ गुरुङले खुलेआम चन्दा दान दिएर समाजलाई ऐना देखाएको टिप्पणी समेत गरेका छन् ।
वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले राजनैतिक दललाई खुलेआम महादान दिएर पाखण्डको जगमा अडेका समाजलाई एैना देखाएको टिप्पणी गरेका छन् । अब नेपालका अन्य सेठ साहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नुपर्ने उनको भनाइ छ ।
‘अन्य सेठ, साहुहरूले दशकौँदेखि राति बालुवाटारमा लुकेर गर्ने सत्कर्म उनले दिउसै सार्वजनिक रूपमा गरे’, पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब नेपालका अन्य सेठ साहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नु पर्छ, जसरी मीनबहादुरजीले दिए । जसरी अमेरिकामा दिन्छन्। यो सुरुवातका लागी मीन बहादुरजीलाई सलाम !’
यस्तै उनले बडेमानका जवान मर्दहरू नजर झुकाएर बसेको ठाउँमा आफ्नो आत्माको आवाज निर्धक्क बोलेको एमाले नेत्रीद्वय वृन्दा पाण्डे र उषा किरण तिम्सेनाको पनि तारिफ गरेका छन् । उनीहरुले मीनबहादुरको जग्गा दान स्वीकार गरेको विषयमा असन्तुष्टि जनाउँदै सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको छ । जुन स्पष्टीकरणमा नेता भीम रावलसमेत परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण