श्रीलंकालाई सजिलै हराउँदै भुटान अंक तालिकाको पहिलो स्थानमा
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा भुटानले पहिलो जित हासिल गरेको छ । भुटानले सोमबार दशरथ रंगशालामा खेलिएको खेलमा श्रीलंकालाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
भुटान र श्रीलंका समूह ‘बी’ मा छन् । जितसँगै भुटान चार अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । यसअघि भुटान आफ्नो पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
दुई खेल खेलेको श्रीलंका तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । श्रीलंकाली टोलीले आफ्नो पहिलो खेलमा भने माल्दिभ्समाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।
एक खेल खेलेको नेपाल एक अंकसहित तेस्रो स्थानमा आसिन छ । नेपाली टोली आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । एक खेल खेलेको माल्दिभ्स अंकविहीन छ ।
घरेलु टोली नेपालले सोमबार माल्दिभ्ससँग आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाल र माल्दिभ्सबिचको खेल दशरथ रंगशालामा नेपाली समय अनुसार, साँझ १७ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण