कवाडको कमिसन नदिँदा कुटपिट, प्रहरीले अनुसन्धान गर्दै
काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रको कवाड संकलनको ठेक्का लिनेसँग कमिसन विवाद हुँदा ४ जना मिलेर एकजनालाई कुटपिट गरेका छन् । ललितपुरको बालकुमारीमा रौतहट घर भएका रविशंकर प्रसादमाथि भएको निर्घात कुटपिटबारे ललितपुर प्रहरीले अनुसन्धान थालेको छ ।
कुटपिटमा संलग्न आरोपमा अभिमानसिंह बस्नेत, तिलक जैसवाल, राजु दंगाल र आशिष बस्नेत पक्राउ परेका थिए । पीडितले जाहेरी नदिएपछि उनीहरूलाई तारेखमा राखेर अनुसन्धान भइरहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
बालाजु औद्योगिक क्षेत्रको कवाड संकलन गर्ने ठेक्का महाविर सुनुवारले पाएका थिए । ७ लाखमा उनले टेण्डर पारेको थाहा पाएपछि अभिमान सिंहको समूहले उनलाई बालकुमारीस्थित माँ जानकी ट्रेडर्सको अफिसमा बोलाएका थिए । सुनुवारका सहकर्मी रविशंकरलाई चारजना मिलेर निर्घात कुटेको भिडियो पीडितले सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।
पीडितका अनुसार आरोपीहरूले सो टेण्डर लिएबापत १० लाख कमिसन मागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण