चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ । फिल्म ‘राजागन्ज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भेनिस, बुसानलगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘पूजा सर’को नामले प्रिमियर भएको फिल्म नेपालमा भने ‘राजागन्ज’को नामबाट प्रदर्शन हुन लागेको हो ।
फिल्मको निर्माता रामबाबु गुरुङ, दयाहाङ राई र बलिउड निर्माता निर्देशक अनुराग कश्यप हुन् । फिल्मलाई टी फेक्स र ब्याङ्कटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा वितरण गर्न लागेका हुन् ।
फिल्मको निर्देशन दीपक रौनियारले गरेका हुन् । रौनियारले यसअघि ‘हाइवे’ र ‘हइट सन्’ निर्देशन गरेका थिए ।
थ्रिलर कथामा निर्माण भएको फिल्ममा महिला कलाकारमा आशा मगराती, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव, रिकु गायत्री झा र पुरुष कलाकारमा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्रा र परमेश्वर झाको अभिनय रहेको छ ।
फिल्म आर्ट र कमर्सको उत्कृष्ट संगम रहेको अभिनेता दयाहाङ राई बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण