‘मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु
काठमाडौँ । एक हजार बढी मोडल उत्पादन गरिसकेको नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको ९औँ संस्करण सुरु भएको छ ।
आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण अर्थात ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुल्ला भएको जनाएको हो ।
प्रतियोगितामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान छ । आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।
प्रतियोगिताको प्रारम्भिक चरणको अडिसन नोभेम्बर २२ (मङ्सिर ७)गतेबाट सुरु हुनेछ । अडिसनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन् । एक महिनाको प्रशिक्षणको क्रममा उनीहरूले व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षा पनि लिनेछन् ।
प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने धमलाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण