महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मन्त्री राईले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठुलो भूमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताए । उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताए । उनले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताए । उनले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठुलो भूमिका छ । अति भरपर्दो हिसाबले नै जुनसुकै सरकार आउँदा आज होस्, हिजोको सरकार होस्, अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकार होस् । नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको छ । नेपाली सेनालाई विवादित हुने काममा, विवादित गराउनुपर्छ भन्ने ध्येय उद्देश्य मेरो आफ्नो पनि छैन र हामी कसैको पनि छैन ।’
मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुर्याउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण