जनस्वास्थ्यकर्मी महासंघद्वारा निमित्त मेसु कुटिएको घटनाको विरोध
विराटनगर । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर सन्तोष राईमाथि भएको आक्रमणको विरोध गरेको छ ।
गत शनिबार स्वास्थ्य कार्यालय, सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्ष भित्रै हातपात तथा अमर्यादित गाली गलोज भएको थियो । सो घटनाप्रति आपत्ति जनाउँदै प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशका इन्चार्ज अन्जना पोखरेल र अध्यक्ष एकराज खत्रीले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।
‘अहोरात्र जनताको स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अराजक व्यक्तिहरूबाट निरन्तर भइरहेका यस प्रकारका अमानवीय क्रियाकलाप, अभद्र व्यवहार तथा ज्यादतीको महासंघ घोर निन्दा एवं भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आक्रमण गर्नेहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । ‘अमर्यादित गाली गलोज, हातपात तथा आक्रमण गर्ने माथि हदैसम्मको कारबाही गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई उचित न्याय दिलाई सुरक्षाको प्रत्याभूतिसहित निर्बाध रूपमा अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै सरोकारवाला सँग प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । डाक्टर राईलाई बिरामीको उपचारमा लापरबाही गरेको भन्दै एक समूहले कार्यकक्षमै पुगेर आक्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
-
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
-
भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण