बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप
वासिङ्टन डिसी । अमेरिकाका पूर्व राष्ट्रपति एवम् आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनाव प्रचार प्रसार अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी)मा उजुरी दिएको छ । ऊजुरीका अनुसार ह्यारिसको चुनावी प्रचारका लागि लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू अमेरिका आएका छन् ।
ह्यारिस–वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’ भइरहेको आरोप उनले लगाएका छन् । लेबर पार्टी र कमला ह्यारिसको चुनावी अभियान बीच सम्पर्कबारे सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूलाई उद्धृत गर्दै यो अवैध ‘योगदान’ जस्तो भएको तर्क उजुरीमा दिइएको छ ।
कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् । आगामी निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतबाट यस्तो काम गरिरहेको आफूले थाहा पाएको भन्दै बीबीसीले लेखेको छ । यद्यपि, लेबर पार्टीले यी आरोपहरूमा कुनै आधिकारिक प्रतिक्रिया जारी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण