बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप
_mzbiR1r06w.png)
वासिङ्टन डिसी । अमेरिकाका पूर्व राष्ट्रपति एवम् आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनाव प्रचार प्रसार अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी)मा उजुरी दिएको छ । ऊजुरीका अनुसार ह्यारिसको चुनावी प्रचारका लागि लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू अमेरिका आएका छन् ।
ह्यारिस–वाल्जको चुनावी अभियानलाई सहयोग पुर्याउन अमेरिकी चुनावमा ‘स्पष्ट विदेशी हस्तक्षेप’ भइरहेको आरोप उनले लगाएका छन् । लेबर पार्टी र कमला ह्यारिसको चुनावी अभियान बीच सम्पर्कबारे सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूलाई उद्धृत गर्दै यो अवैध ‘योगदान’ जस्तो भएको तर्क उजुरीमा दिइएको छ ।
कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् । आगामी निर्वाचनमा उनी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतबाट यस्तो काम गरिरहेको आफूले थाहा पाएको भन्दै बीबीसीले लेखेको छ । यद्यपि, लेबर पार्टीले यी आरोपहरूमा कुनै आधिकारिक प्रतिक्रिया जारी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते