वीपी राजमार्ग अब २४ सै घण्टा सञ्चालनमा
बुधबार, ०७ कात्तिक २०८१, १६ : ३९
_s5OYI0qS5Z.jpg)
काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सञ्चालन हुने भएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला गरिएको हो ।
बुधवारदेखि राजमार्ग २४ सै घण्टा सुचारु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।