कमला ह्यारिसको ‘फासिस्ट’ भनाइमा ट्रम्पले दिए यस्तो जवाफ
वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट सो पदकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई फाँसीवादी भनेकी थिइन् । कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वीहरू फासिस्ट भएको आफूलाई लागेको र उनीहरूले अनियन्त्रित शक्ति चाहेको बताएकी थिइन् ।
कमला ह्यारिसलाई सीएनएनको कार्यक्रममा ट्रम्प फाँसीवादी हुन भनेर उनका पूर्व सहयोगीको भनाइप्रति सहमत छिन् भनेर सोधिएको थियो । यसको उत्तरमा ह्यारिसले ‘म सहमत छु’ भनेकी थिइन् । अब पूर्व राष्ट्रपति तथा आगामी निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथमा कमला ह्यारिसको फाँसीवादी भनाइप्रति प्रतिक्रिया दिएका छन् ।
‘उनले आफ्नो बयानबाजीलाई यति हदसम्म बढाइरहेकी छिन् कि उनी मलाई एडोल्फ हिटलर जस्तो भनेर मेरोबारे आफ्नो दिमागमा जे आउँछ त्यही भनिरहेकी छिन्,’ ट्रम्पले भनेका छन् । ट्रम्पले ह्यारिसलाई ‘कमरेड कमला ह्यारिस’ भन्दै उनलाई लोकतन्त्रका लागि खतरा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण