माल्दिभ्सको पोष्टमा १३ गोल गर्दै भुटान सेमिफाइनलमा, अन्तिम खेलमा नेपाल दबाबमा
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको बिहीबार खेलिएको खेलमा भुटानले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हराएको हो ।
जितसँगै भुटान समूह ‘बी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । भुटानले तीन खेलबाट सात अंक बटुलेको छ । भुटान प्रतियोगिताको सेमिफाइनलमा पनि पुगेको छ । भुटान आफ्नो पहिलो खेलमा आयोजक नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
दोस्रो खेलमा भुटानले श्रीलंकालाई ४–१ गोलले हराएको थियो । भुटानको जितपछि नेपालमाथि दबाब बढेको छ । अब नेपालले सेमिफाइनलमा पुग्न बिहीबार नै खेलिने दोस्रो खेलमा श्रीलंकालाई हराउनै पर्ने हुन्छ । हाल दुई खेल खेलेको नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपालले यसअघि खेलिएको खेलमा माल्दिभ्सलाई नै ११–० गोलको फराकिलो अन्तरले हराएको थियो । जारी प्रतियोगितामा तीन खेल खेल्दै २५ गोल खाएको छ । तर, माल्दिभ्सले एक गोल पनि गर्न सकेन । आफ्नो पहिलो खेलमा माल्दिभ्सको टोली श्रीलंकासँग ०–१ गोलले पराजित भएको थियो ।
बिहीबारको खेलमा श्रीलंकालाई हराए नेपाल प्रतियोगिताको सेमफिाइनलमा पुग्नेछ । नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिए पनि नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ । तर, श्रीलंकासँग पराजित भए नेपाली टोली उपाधि होडबाट बाहिरिने छ ।
श्रीलंका तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके श्रीलंकाको अंक ६ पुग्नेछ । त्यसैले समूहगत चरणको आफ्नो अन्तिम खेलमा घरेलु टोली नेपालसँग जित वा बराबरीको विकल्प देखिँदैन ।
माल्दिभ्सविरुद्धको खेलमा भुटानका लागि डेकी लहजुम एक्लैले पाँच गोल गरिन् । पेमा चोडेन छिरिङ र छिरिङ यानदेनले पनि दुई–दुई गोल गरे । छिरिङ लहदेन, नाम्गेल डेमा, डेकी याङ्दोन र सोनम चोडेनले पनि एक–एक गोलको योगदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण