एनआरएनए विवाद : आरके शर्माले गराए सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादमा अध्यक्ष आरके शर्माले सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गराएका छन् । उनले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न/नगराउन माग गर्दै रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले बताए ।
एनआरएनएमा शर्मा र बद्री केसी दुई पक्षबिच विवाद भइरहेको छ । सर्वोच्चले पछिल्लो समय केसी पक्षलाई काम गर्न बाटो खुलेपछि शर्माले सर्वोच्चमा नयाँ रिट दर्ता गराएका हुन् । यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ ।
रिटमा एनआरएनको एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकाले त्यसअघि केसी समूहले साधारण सभा बोलाएकाले रोक्न माग गरिएको छ ।
यस्तै रिटमा न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले केसी समूहलाई वैधानिकता नदिएकाले कुनै गतिविधि नगर्न आदेश माग गरिएको छ ।
अदालतमा मुद्दा विचाराधीन भएकाले केसी समूहले केही गर्न नपाउने रिटमा दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण