चाल्नाखेल घटना : महिलालाई अपहरण गरेको पुष्टि भएन
काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट महिलालाई अपहरण गरेर चाल्नाखेलमा बन्धक बनाएको आरोपमा प्रहरीले बुधवार साँझ दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दक्षिणकाली बस्दै आएका अमृत लामा र कविता परियार छन् ।
सर्लाहीको बागमती गाउँपालिका घर भएर काठमाडौँ बस्ने सिर्जना खत्रीलाई आरोपीहरूले अपहरण गरेर बन्ध बनाएको ‘गम्भीर सूचना’ प्रहरीले पाएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सिर्जनालाई उद्धार गरे । उद्धारपछि अनुसन्धान गर्दा अपहरण पुष्टि नभएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । उनले भने, ‘अपहरण पुष्टि भएन, घट्नाको अन्य पाटोबारे अनुसन्धान गर्दै छौँ ।’
प्रहरीले अमृत र कवितालाई तारेखमा रिहा गरेको छ । अमृतलाई ‘दक्षिण कोरिया पठाउँछु’ भनेर सिर्जनाले २१ लाख लिएकी थिइन् । कोरियाको भिसा आएको र टिकट पनि काटेको झुटो आश्वासन दिएर सिर्जनाले अमृतलाई ४० हजार तिरेर ‘पार्टी’ पनि दिइन् । तर, कोरिया जानका लागि सपिङ समेत गरेर तयार भएका अमृत कोरिया जान पाएनन् ।
त्यसपछि सिर्जनाले उनलाई ५ लाख फिर्ता गरिन् । १६ लाख फिर्ता गर्न नसकेर चेक दिइन् । चेक नसाटिएपछि अमृतले उनलाई खोज्न थालेका हुन् । बुधवार कोटेश्वरबाट अमृत र कविता मोटरसाइकलमा तथा सिर्जना इनड्राइभ चढेर प्रहरी वृत्त कीर्तिपुरमा पुगे । कीर्तिपुर प्रहरीले उनीहरूको मुद्दा त्यहाँ हेर्न नमिल्ने भन्दै वैदेशिक रोजगार विभागमा जान भन्यो । उनीहरू विभागमा पुगे । विभागले भने, ‘चेक रहेछ, प्रहरीमा बैंकिङ कसुरको जाहेरी दिनुस् ।’ त्यसपछि सिर्जना कविताको डेरामा गइन् । जहाँ पहिले पनि उनी जान्थिन् । त्यहाँ पुगेर उनले प्रहरीलाई सूचना दिइन्, ‘मलाई अपहरण गरेर बन्धक बनाएर राखिएको छ ।’
प्रहरी कविताको डेरामा पुग्दा उनलाई बन्धक बनाएको अवस्था थिएन । अमृत उनीहरूसँग छुटेर अन्यत्रै गइसकेका थिए । अमृतले सिर्जनाबाट चेक लिएको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण