पाकिस्तानमा भीषण गोलीबारी, १९ जना आतंककारी मारिए

पेसावर । पाकिस्तानका विभिन्न जिल्लाहरूमा भीषण गोलीबारी चलिरहेको छ । बिहीबार तीन छुट्टाछुट्टै भीडन्तमा परी १९ जना आतंककारी मारिएका छन् ।
पाकिस्तानी सुरक्षा बलहरूले दोहोरो भीडन्तका क्रममा १९ जना आतंककारी मारिएको जनाएका छन् ।
सेनाले खैबर पख्तुनख्वा प्रान्तको बाजुरमा आक्रमण गर्दा एकै ठाउँमा ९ जना मारिएका छन् । त्यहाँबाट सेनाले हतियार र गोलाबारुद समेत बरामद गरेको जनाएको छ ।
उक्त क्षेत्र आतकंकारीहरूले आधारक्षेत्रकोरुपमा उपयोग गर्दै आएको ठाउँ हो । त्यस्तै, अर्को जिल्ला डेरा इस्माइल खानमा पनि गोलीबारी चलिरहेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको यो क्षेत्र पाकिस्तानी तालिवानको पूर्व गढ हो। उता पूर्वी पञ्जाब प्रान्तको मियानवाली जिल्लामा अरू १० आतङ्ककारी मारिएका छन् ।
छिमेकी अफगानिस्तानले तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तानी तालिबानीहरूमा जोस छ । जसकारण यहाँ पटक-पटक तालिबानीहरूले पनि आक्रमण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर