पाकिस्तानमा भीषण गोलीबारी, १९ जना आतंककारी मारिए
पेसावर । पाकिस्तानका विभिन्न जिल्लाहरूमा भीषण गोलीबारी चलिरहेको छ । बिहीबार तीन छुट्टाछुट्टै भीडन्तमा परी १९ जना आतंककारी मारिएका छन् ।
पाकिस्तानी सुरक्षा बलहरूले दोहोरो भीडन्तका क्रममा १९ जना आतंककारी मारिएको जनाएका छन् ।
सेनाले खैबर पख्तुनख्वा प्रान्तको बाजुरमा आक्रमण गर्दा एकै ठाउँमा ९ जना मारिएका छन् । त्यहाँबाट सेनाले हतियार र गोलाबारुद समेत बरामद गरेको जनाएको छ ।
उक्त क्षेत्र आतकंकारीहरूले आधारक्षेत्रकोरुपमा उपयोग गर्दै आएको ठाउँ हो । त्यस्तै, अर्को जिल्ला डेरा इस्माइल खानमा पनि गोलीबारी चलिरहेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको यो क्षेत्र पाकिस्तानी तालिवानको पूर्व गढ हो। उता पूर्वी पञ्जाब प्रान्तको मियानवाली जिल्लामा अरू १० आतङ्ककारी मारिएका छन् ।
छिमेकी अफगानिस्तानले तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तानी तालिबानीहरूमा जोस छ । जसकारण यहाँ पटक-पटक तालिबानीहरूले पनि आक्रमण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण