साउदी र युएईका लागि काउन्सिलर र श्रम सहचारी नियुक्त
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबिया र युएईका लागि काउन्सिलर (श्रम) तथा कतार र बहराइनका लागि श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबियाको काउन्सिलर (श्रम) मा उपसचिव तथा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेती नियुक्त भएका छन् । त्यस्तै युएईका लागि दीपेन्द्र पौडेल नियुक्त भएका छन् ।
उपसचिव मैयाँ कँडेल काउन्सिलर (श्रम) प्रतीक्षा सूचीमा परेकी छन् । मन्त्रालयले काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ बमोजिम मूल्याङ्कन गर्दै नियुक्त गरेको हो ।
त्यस्तै कतारको श्रम सहचारीमा शाखा अधिकृत प्रेम प्रसाद पोखरेल र बहराइन मनामाका लागि शाखा अधिकृत सुनिता थापा नियुक्त भएका छन् । शाखा अधिकृत विकास कुमार रजक प्रतीक्षा सूचीमा छन् ।
हाल युएईमा दीनबन्धु सुवेदी, साउदी अरेबियामा देवेन्द्र कार्की काउन्सिलर (श्रम) छन् । बहराइनमा जमुना काफ्ले तथा कतारमा कृष्ण पौडेल श्रम सहचारीको रूपमा कार्यरत छन् ।
मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि काउन्सिलर श्रम र नेपाली दूतावास अबुधाबी, नेपाली महावाणिज्य दूतावास साउदी जेद्दा, नेपाली दूतावास मलेसिया तथा ओमानका लागि श्रम सहचारी नियुक्ति प्रक्रिया जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण