रास्वपा काठमाडौँ फर्किएपछि सहकारी पीडितले घोषणा गरे ‘निर्णायक आन्दोलन’
काठमाडौँ । पोखरा केन्द्रित आन्दोलनलाई छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ केन्द्रित आन्दोलन थालेकै दिन सहकारी पीडितहरूले समेत आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले मंसिर ५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।
महासंघले अहिले आन्दोलन गर्नुपर्ने दुईवटा कारण रहेको जनाएको छ । पहिलो, सहकारी पीडितलाई मोहरा बनाएर पार्टीगत आन्दोलन गरिएको अभियानका संयोजक शुभलव केसी बताउँछन् । यसले वास्तविक पीडितको समस्यालाई कहिल्यै समाधान नगर्ने बरु झनै गिजोलिने उनको भनाइ छ ।
दोस्रो कारण चाहिँ सरकारले गरेका बैठकमा सहकारी पीडितको प्रतिनिधित्व नगरिनु रहेको महासंघले जनाएको छ । केही दिनअघि सहकारी विभागमा राष्ट्र बैंक र अन्य सरोकारवाला संस्थासहितको छलफलमा पीडितको प्रतिनिधित्व नभएकोमा महासंघले आपत्ति जनाएको छ ।
संयोजक केसी विगत १८ महिनादेखि आफूहरूले सहकारी पीडितको पक्षमा काम गर्दै आए पनि यसलाई समाधान गर्ने कार्यमा पीडित पक्षकै प्रतिनिधित्व नहुँदा वास्तविक पीडितले न्याय पाउने सम्भावना थप कमजोर बनेको बताउँछन् । त्यसैले तिहार र छठपछि आन्दोलन सुरु गरिने उनको भनाइ छ ।
यद्यपि अन्य राजनीतिक दलले गरेको आन्दोलनसँग आफ्नो कुनै सरोकार नभएको केसी बताउँछन् । आफूहरु मुडभेडको सोचमा नभएको तर अहिले सहकारी ठगीमा नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्नेमा रहेको समेत केसीले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण