भाटभटेनीले बनाएको भौतिक संरचनामा महानगरले चलायो डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटको संरचनामा डोजर चलाएको छ । नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै महानगरले शुक्रबार डोजर प्रयोग गरी केही संरचना भत्काएको हो ।
यसअघि नै सो संरचना हटाउन सूचना जारी गर्दा भाटभटेनीले आफैँ हटाउने भनेपनि अहिलेसम्म नहटाएपछि महानगरले खोला किनारा खोज्ने काम गरेको मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले रातोपाटीलाई जानकारी दिए। भाटभटेनीले कब्जा गरेको खोला किनार खुला गरी करिडोर सडक बनाउने तयारी रहेको शाहले बताए ।
यसैबीच भाटभटेनीका सञ्चालक गुरुङले पूर्वाग्रही ढंगले भने महानगरपालिकाले भाटभटेनीको संरचनामा डोजर चलाएको आरोप लगाएका छन् । उनले भने, ‘पुरानो मापदण्डअनुसार हैन, नयाँ मापदण्ड नै बनाएर सडक विस्तार गरियोस् । म आधा भाटभटेनी पनि छाडिदिन तयार छु । तर अहिले पूर्वाग्रहपूर्ण हिसाबले डोजर लगाउने काम भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण