सलहेश फुटबल क्लब र झापा ११ बेलबारी गोल्डकपको उपाधिका लागि भिड्ने
बेलबारी । काठमाडौँ लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै सलहेस फुटबल क्लब सिराहा मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सलहेश फुटबल क्लबको शनिवार हुने फाइनलमा झापा–११ फुटबल क्लबसँग भेट पक्का भएको छ ।
बेलबारी ११ को लक्ष्मी खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा अग्रता भने चित्लाङ फुटबल क्लबले चौथो मिनेटमा गरेको थियो । चित्लाङका समन धिमालले सलहेशका चार खेलाडी बिट गर्दै निकालेको पासलाई हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, चित्लाङको अग्रता मध्यान्तरसम्म पनि टिक्न सकेन ।
सलहेस क्लबको जितका लागि अजयी मार्टिनले ह्याट्रिक पुरा गरे । थप दुई गोल आदित्य शाक्यको नाममा रह्यो । अजयी मार्टिन खेलको ६८ औँ,८६ औँ र दोस्रो हाफ पछिको अतिरिक्त समयमा गोल गरेर बेलबारी गोल्डकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । आदित्य शाक्यले टिमका लागि पहिलो हाफको अतिरिक्त समयमा र ७८ औँ मिनेटमा गोल गरे ।
मध्यान्तर अघिको अतिरिक्त समयमा चित्लाङविरुद्ध आदित्य शाक्यले १ गोल गरेपछि सलहेश खेल फर्किएको थियो ।
मध्यान्तरपछि एकपक्षीय खेल खेलेको सलहेसले चित्लाङलाई दबाबमा राखेको थियो । शुक्रबार दुबै टिमले चार÷चार जना विदेशी खेलाडी मैदानमा उतारेका थिए ।
आजको खेलमा ह्याट्रिक गर्ने सलहेस फुटबल क्लबका अजयी मार्टिन म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिंह हाङगामले नगद ५ हजारसहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे ।
शनिबार हुने फाइनल खेलमा सलहेसले झापा ११ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक १० वटा टिमले प्रतिस्पर्धा गरेको बेलबारी गोल्डकपका विजेताले अढाई किलो चाँदीमा २ तोला सुन जडित ट्रफिसहित नगद आठ लाख रुपियाँ र उपविजेताले चार लाख नगद र ट्रफि प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण