चार वर्षीय छोरीलाई मार्छु भन्दै बन्धक बनाएपछि...
विराटनगर । तीनदिनदेखि बन्धक बनेकी विराटनगरकी एक चार वर्षीय बालिकाको स्थानीय प्रशासनले उद्धार गरेको छ । गत मंगलबारदेखि विराटनगर ९ भानुटोलका ३२ वर्षीय सुनिल सहनीले आफ्नै ४ वर्षीय छोरीलाई केही पनि खान नदिई घरबाट बाहिर पनि जान नदिई बन्धक बनाएको प्रहरीको दाबी छ ।
ती बालिकाको शुक्रबार साँझ भने सकुशल उद्धार भएको छ । छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई पनि प्रवेश नगर्न र गरेमा छोरीलाई मारिदिने भन्दै धम्की दिएका थिए ।
‘घरको कोठाभित्र छोरीलाई लिएर बसेका थिए । उनको हातमा सानो चक्कु पनि थियो । कोही आएमा छोरीलाई मारिदिने र आफू पनि मर्छु भनेर भन्थे,’ मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने । यद्यपि सहनीलाई फकाएर ढोकाको माथि पटि्टको खाली ठाउँबाट छोरीलाई निकाल्न सफल भएको उनको भनाइ छ ।
छोरीलाई दिएका सुनिल भने बाहिर निस्कन मानेका छैनन् । उनले कोठाभित्रै सल लगाएर पासो लाग्न खोज्ने लगायतका अनेक हर्कत गरिरहेको भएपनि अहिलेसम्म सकुशल रहेको प्रहरीले जनाएको छ । ‘बिहानसम्म उनको अवस्था सकुशल छ । अहिले सुतिरहेको भन्ने कुरा आएको छ,’ प्रवक्ता जोशीले भने । नाबालिकालाई भने उनकी हजुरआमाको जिम्मा लगाइएको छ ।
सुनिलकी श्रीमती भने केही समयदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । उनले किन छोरीलाई बन्धक बनाएका हुन् भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
-
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
-
भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण