विरोध प्रदर्शनले काठमाडौँको यातायात प्रभावित, प्रदर्शनीमार्ग छिर्ने सडक बन्द
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध गरिरहेको विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिए ।
यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ । जुलुस रहँदासम्म यी सडकमा यातायात अवरुद्ध हुने कार्कीले बताए ।
काठमाडौँमा अन्य स्थानमा भने सवारी आवागमनमा कुनै प्रभाव नपर्ने उनले बताए । शनिवार काठमाडौँमा माओवादी केन्द्रले सरकारको कामकारबाहीका विरुद्ध विरोध प्रदर्शन गर्दै छ । विरोध प्रदर्शनमा ३० हजार हाराहारी कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले दाबी गरेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको सभापति रवि लामिछानेलाई सरकारले फसाएको भन्दै थुनामुक्त माग गर्दै टीयू गेट तीनकुनेमा विरोध प्रदर्शन गर्दै छ ।
उता राजावादी समूह शाही युवा शक्तिले पूर्वाराजा ज्ञानेन्द्रको पुर्नवहालीको माग गर्दै गोगंवु बसपार्कदेखि नारायणहिटीसम्म विरोध प्रदर्शन गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण