आर्थिक सुधारको सम्बन्धमा आयोगले सरोकारवालासँग माग्यो सुझाव
काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आर्थिक सुधारको सम्बन्धमा सुझाव माग गरेको छ । शुक्रबार आयोगले सूचना प्रकाशित गर्दै करिब ३५ दिनको समय दिएर उद्योगी, व्यवसायी, सङ्घ संस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता र आम सर्वसाधारणसँग सुझाव मागेको हो ।
पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा सरकारले असोज तेस्रो साता आयोग बनाउने निर्णय गरेको थियो । उक्त आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा.रामप्रसाद ज्ञवाली, अर्थविद् डा.विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल सदस्य रहेका छन् ।
उक्त समितिले आगामी मङ्सिर १५ गतेभित्र यस्तो सुझाव आयोगले उपलब्ध गराएको इमेल ठेगाना तथा आयोगको सचिवालयमा पेस गर्न आग्रह गरेको हो । अहिले आयोगको सचिवालय हरिहर भवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण