उसु थाउलो विश्वकपमा नेपालका विजय सिंजालीले जिते कांस्य पदक
आइतबार, ११ कात्तिक २०८१, १० : ३३
काठमाडौँ । नेपाली उसु खेलाडी विजय सिंजालीले जापानमा जारी उसु थाउलो विश्वकप–२०२४ मा कांस्य पदक जितेका छन् । जापानको योकोहामामा जारी विश्वकपमा आइतबार बिहान विजयले चेन्सुतर्फ कांस्य पदक जितेका हुन् ।
प्रतियोगितामा विजयले ९.६३६ अंकसहित कांस्य पदक हात पारेका हुन् । उक्त स्पर्धामा आयोजक राष्ट्र जापानका मोतोयोशी एराकीले रजत पदक हात पारे । उनी ९.७६६ अंकसहित दोस्रो भएका हुन् । उक्त स्पर्धाको स्वर्ण पदक भने मलेसियाका वेङ सन वोङले स्वर्ण पदक चुमे । उनले ९.७७३ अंकसहित स्वर्ण जितेका हुन् ।
विजयले अमेरिका, मेक्सिको, बेलायत, युक्रेनलगायतका राष्ट्रका खेलाडीलाई पछि पार्दै कांस्य पदकमाथि कब्जा जमाएका हुन् । विश्वकपमा नेपालले जितेको यो पहिलो पदक हो । नेपालका अन्य दुई खेलाडीको स्पर्धा पनि आइतबार नै परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण