काठमाडौँबाट सैनिक जवान पेस्तोलसहित पक्राउ
आइतबार, ११ कात्तिक २०८१, १० : ५६
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७ घर भएका २४ वर्षीय अनिल खड्का छन् ।
खड्का सेनाका जवान हुन् । उनी खड्ग दल गण रामेछापमा कार्यरत रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीलाई रानीवनबाट पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनलाई अस्थायी प्रहरी बिट रानीवनबाट खटिएका असई डिलबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनको साथबाट अमेरिकन मेड अटोमेटिक पेस्ताले बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण