करिब २ सय २१ किलो गाँजासहित एक जना पक्राउ
आइतबार, ११ कात्तिक २०८१, १२ : ०२
धनुषा । जनकपुरमा करिब २ सय २१ किलो ३८ ग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक प्रकाशलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण