लाभांश घोषणा गर्ने बैंकको संख्या ५ पुग्यो, कसको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने बैंकको संख्या पाँच पुगेको छ । चालु आर्थिक वर्षको तीन महिना बित्नै लाग्दा ती बैंकहरुले सञ्चित नाफा र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको निर्णय गरेका हुन् ।
पछिल्लोपटक आइतबार मात्रै प्राइम कमर्शियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यसअघि सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक र एभरेस्ट बैंकले समेत यस्तो निर्णय गरिसकेका छन् ।
उसमध्ये सानिमा बैंकले यो वर्ष ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले ४ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत नगद लाभांशसहित ४.२१ प्रतिशत र एभरेस्ट बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने निर्णय यसअघि गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण