उद्योगीहरूले भने– प्रमाणअनुसार तिर्छौं भन्दा पनि जबरजस्ती लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेका उद्योगको लाइन काटेपछि उद्योगीहरूले प्राधिकरणको विरोध गरेका छन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दौ उद्योगीहरूले प्रमाण देखाए तत्काल महसुल तिर्न आफूहरू तयार रहेको बताएका हुन् ।
अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले सरकारी निर्णय विपरीत प्राधिकरणले लाइन काटेको बताए । उनले भने, ‘ऊर्जा मन्त्रालय, प्रधानमन्त्री लगायतले लाइन नकाट्न भन्नु भएको थियो । तर प्राधिकरणले हामीलाई अपराधीजस्तो व्यवहार गर्यो । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बिल भए हामी तत्काल तिर्छौं । किस्ताबन्दी पनि चाहिँदैन ।’ मुरारकाले यो विवादको विषय भएकाले वार्तामार्फत समाधान गर्नुपर्नेमा प्राधिकरण आफूअनुकूल अगाडि बढेको पनि बताए ।
उद्योगी ध्रुव थापाले पटकपटक लाइन काटेर प्राधिकरणले अर्बौंको लगानी जोखिममा पारेको बताए । उनले भने, ‘एक पटक होइन यसरी पटकपटक उद्योगको लाइन काटेर हाम्रो आम्दानी गुमाउने काम भएको छ । यसले राज्य पक्ष र उद्योगी कसैलाई फाइदा गर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण