कर दिवसका लागि विद्यालयस्तरीय कविता प्रतियोगिता गर्दै विभाग

काठमाडौँ । कर दिवसलाई लक्षित गर्दै आन्तरिक राजस्व विभागले कविता प्रतियोगिता गर्ने भएको छ । ‘उद्योग व्यापार, लगानी प्रवर्द्धन र कर सचेतना’ विषयमा माध्यमिक विद्यालयस्तरीय खुला कविता प्रतियोगिता आयोजना गर्न लागिएको विभागले जनाएको छ ।
उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहने कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले कात्तिक २५ गतेसम्म मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको ठेगानामा आइपुग्नेगरी कविता पठाउन अनुरोध गरिएको छ ।
कवितामा पठाउँदा विद्यार्थीले आफ्नो नामथर, अध्ययन गर्ने विद्यालयको नाम, कक्षा खुलाई विद्यार्थी परिचयपत्र र विद्यालयको सिफारिसपत्र र हालसालै खिचिएको फोटोसहितको विवरण समेत पठाउन समेत विभागले आग्रह गरेको छ ।
उक्त कविता बढीमा १५० शब्दको हुनुपर्ने र यसअघि कहीँकतै प्रकाशन वाचन भएको हुन नहुने विभागले जनाएको छ । प्राप्त कविताका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान छुट्याई मंसिर १ गते कर दिवस समारोहमा पुरस्कृत गरिने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा तस्बिरले कति फरक पार्न सक्छ र...
-
‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो’
-
गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड
-
रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी
-
बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल
-
कोशीमा बेरुजु रकम घटे पनि प्रतिशतका आधारमा छैन सन्तोष गर्ने ठाउँ