कर दिवसका लागि विद्यालयस्तरीय कविता प्रतियोगिता गर्दै विभाग
काठमाडौँ । कर दिवसलाई लक्षित गर्दै आन्तरिक राजस्व विभागले कविता प्रतियोगिता गर्ने भएको छ । ‘उद्योग व्यापार, लगानी प्रवर्द्धन र कर सचेतना’ विषयमा माध्यमिक विद्यालयस्तरीय खुला कविता प्रतियोगिता आयोजना गर्न लागिएको विभागले जनाएको छ ।
उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहने कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले कात्तिक २५ गतेसम्म मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको ठेगानामा आइपुग्नेगरी कविता पठाउन अनुरोध गरिएको छ ।
कवितामा पठाउँदा विद्यार्थीले आफ्नो नामथर, अध्ययन गर्ने विद्यालयको नाम, कक्षा खुलाई विद्यार्थी परिचयपत्र र विद्यालयको सिफारिसपत्र र हालसालै खिचिएको फोटोसहितको विवरण समेत पठाउन समेत विभागले आग्रह गरेको छ ।
उक्त कविता बढीमा १५० शब्दको हुनुपर्ने र यसअघि कहीँकतै प्रकाशन वाचन भएको हुन नहुने विभागले जनाएको छ । प्राप्त कविताका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान छुट्याई मंसिर १ गते कर दिवस समारोहमा पुरस्कृत गरिने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण