सर्वोत्तम सिमेन्टसहित थप तीन उद्योगले बुझाए बक्यौता, प्राधिकरणले जोडिदियो लाइन
काठमाडौँ । थप तीनवटा उद्योगले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल नेपाल विद्युत् प्राधिकरणमा बुझाएका छन् । प्राधिकरणका अनुसार भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले पूरै बक्यौता तिरेको छ । यसको नाममा २ लाख ५ हजार बक्यौता थियो ।
त्यस्तै ११ करोड ९६ लाख बक्यौता भएको सर्वोत्तम सिमेन्टले बक्यौताको पहिलो किस्तावापत् ३७ लाख रुपैयाँ बुझाएको छ । प्राधिकरणले किस्तामा बक्यौता बुझाउने सुविधा दिएको छ । अर्को एउटा उद्योगले भने नाम सार्वजनिक नगरिदिन आग्रह गरेको प्राधिकरणले जनाएको छ । योसँगै तीनवटै उद्योगमा लाइन जडान गरिदिएको प्राधिकरणको भनाइ छ ।
बक्यौता र किस्ता नबुझाएका २९ उद्योगमा लाइन दिइएको छैन । नेपाल विद्युत् प्राधिकरणले पूरै बक्यौता वा किस्ता बुझाए मात्रै लाइन जडान गरिदिने अडान राखेको छ । प्राधिकरणले गत बिहीबार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर महसुल नबुझाएका उद्योगको लाइन काटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण