उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस
आइतबार, ११ कात्तिक २०८१, २१ : २९

काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालतको एक अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा जिल्ला न्यायाधीश र न्याय सेवा आयोगका तर्फबाट एक सदस्य सिफारिस गरेको हो ।
अध्यक्षसहित दुई सदस्य हुनेमा आइतबार न्याय परिषद्ले अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा न्याय सेवा आयोगका गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले प्रशासन क्षेत्रबाट एक जना सदस्य तोक्ने छ । परिषद् र आयोगले गरेको सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गर्ने छ । त्यसपछि सर्वोच्च अदालत प्रशासनले स्रेस्तादार तोक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
-
ठुल्ठुला योजनामा सरकार, दातृ निकाय भन्छन्, ‘साना कुरामा ध्यान देऊ’
-
अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
-
प्रतिनिधिसभाको बैठक || Live ||
-
गण्डकीको बजेट : सांसदलाई ५ लाखको रन्को, अर्थ सचिवको पालिकामा योजनाको लर्को
-
मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै