उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस
आइतबार, ११ कात्तिक २०८१, २१ : २९
काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालतको एक अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा जिल्ला न्यायाधीश र न्याय सेवा आयोगका तर्फबाट एक सदस्य सिफारिस गरेको हो ।
अध्यक्षसहित दुई सदस्य हुनेमा आइतबार न्याय परिषद्ले अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा न्याय सेवा आयोगका गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले प्रशासन क्षेत्रबाट एक जना सदस्य तोक्ने छ । परिषद् र आयोगले गरेको सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गर्ने छ । त्यसपछि सर्वोच्च अदालत प्रशासनले स्रेस्तादार तोक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण