युभे र इन्टरबिच ८ गोलको थ्रिलर
रोम । सब्सिटिच्युट केनान यिलडिजले दुई गोल गरेपछि युभेन्टसले इन्टर मिलानविरुद्ध इटालियन सिरिएमा बराबरी गर्न सफल भएको छ । आठ गोल भएको रोमाञ्चक खेल ४–४ को बराबरीमा टुङ्गिएको हो ।
खेलको १५ औँ मिनेटमा पिटोर जिलिन्सकीले पेनाल्टीमार्फत इन्टरलाई अग्रता दिलाएका थिए । तर, ५ मिनेटपछि नै डुसान भ्लाहोविचले युभेन्टसका लागि बराबरी गोल फर्काए ।
२६ औँ मिनेटमा टिमोथी वेहले युभेलाई खेलमा पहिलोपटक अग्रता दिलाए । यद्यपि, ३५ औँ मिनेटमा हेनरिक मिखितारिनले बराबरी गोल फर्काए । दुई मिनेटपछि इन्टरले फेरि पेनाल्टी पायो जसलाई जिलिन्सकीले सजिलै गोलमा परिणत गरे ।
दोस्रो हाफको सुरुवातमा डेन्जेल डमफ्राइजले इन्टरलाई ४–२ को अग्रता दिलाए । तर, यिलडिजले ७१ औँ मिनेट र ८२ औँ मिनेटमा गोल गर्दै इन्टरलाई अङ्क बाँड्न बाध्य बनाए ।
डर्बी डी’इटालिया भनेर चिनिने यस खेलपछि इन्टर १८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक अङ्कले पछि रहेको युभेन्टस तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण