सलमानले माफी माग्नुपर्ने किसान नेताको भनाई
मुम्बई । किसान नेता राकेश टिकैतले सलमान खानले बिश्नोई मन्दिरमा गएर माफी माग्नुपर्ने बताएका छन् ।
राकेश टिकैतले भने, ‘यो समाजसँग जोडिएको विषय हो । सलमान खानले मन्दिरमा गएर माफी माग्नुपर्छ । अन्यथा, जेलमा रहेका मानिस (लरेन्स बिश्नोई) ले कहिले के गर्छ थाहा हुँदैन।’ उनले लरेन्स एक बदमास भएको पनि बताए ।
हालै भारतीय किसान युनियनका राष्ट्रिय अध्यक्ष नरेश टिकैतले पनि सलमान खानलाई माफी माग्न भनेका थिए । उनले भने, ‘सलमान खानले ठुलो गल्ती गरेका छन् । उनले बिश्नोई समुदायसँग माफी मागेर आफूलाई उन्मुक्ति दिनुपर्छ । सम्पूर्ण हिन्दु समुदाय र देशसँग माफी माग्छु भाइ, मैले गल्ती गरेँ, यस्तो गर्नु हुँदैनथ्यो । सबै मुस्लिम असल छन्। यसमा सिङ्गो समाजको दोष छैन ।’
केही समयअघि गायक अनुप जलोटाले पनि सलमान खानले कालो हरिण नमारेको भनेका थिए । तर बिश्नोई मन्दिरमा गएर माफी माग्नुपर्ने उनको सुझाव थियो । उनले आफ्नो परिवार र नजिकको सुरक्षाको लागि यो कदम चाल्नुपर्ने बताए।
एबीपी न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए – मेरो सलमानसँग एउटा सानो अनुरोध छ कि उनले मन्दिरमा गएर आफ्नो, आफ्नो परिवार र नजिकका साथीहरूको हितका लागि माफी माग्नुपर्छ । सलमानले फेरि सुरक्षित जीवन जिउनुपर्छ । यो विषयलाई जटिल बनाउने समय होइन। उनले मारे वा नमारे पनि सलमानले माफी माग्नुपर्छ । लडाइँमा फसेर कसैलाई केही फाइदा हुँदैन।
यता सलमान खानले ‘बिग बोस १८’ को सुटिङ पुनः सुरु गरेका छन् । तर, उनलाई लरेन्स गिरोहबाट धम्की आएको छ । उनको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण